Thursday, April 18, 2013

Bodhi stupa Pranpratishtha

छिरिङ तेन्जिङ शेर्पा ‘गोपरमा’ सोलुखुम्वु । सोलुखुम्वुको जिल्लाको लोखिम गा वि सको वडा नम्वर नौ मा पर्ने कुरिमा परमा रि डाँडामा हालै एक विशाल र सुन्दर स्तुपा च्याङछयूप छर्योतेन ( करुणामय स्तुपा) को निर्माण सम्पन्न भएको छ । भगवान गौतम वुद्धको जीवन कालमा घटेका विविध घटनाहरुलाइ समेटेर निर्माण भएको आठ वटा महत्वपूर्ण स्तुपाहरु मध्य (देवर स्याक्पा छर्योतैन ग्या) मध्यको एक करुणामय स्तुपा च्याङछयूप छर्योतेन हो । सोलुखुम्वु जिल्लाको ज्यल्सा गोन्पाको तत्कालिन प्रमुख लामा स्व ङवाङ स्यरप रिन्पोछेज्यू वाट विं सं २०२० सालमा यस रमणीय स्थलमा पहिलोपटक त्यस भेगको अधिकांश वौद्ध धर्मवालम्वीहरुलाइ करीव ६ महिनासम्म धर्म , दर्शन , योग , कर्मकाण्ड इतयादीको महत्वपूर्ण शिक्षा र दिक्षा दिनु भएको थियो । जस्लाइ हिमाली भाषको छोटकारीमा ‘क’ ‘ठी’ भनिन्छ । त्यस समयउमा सोलुखुम्वुको अधिकांश र खोटाङ , भोजपूर संखुवासभा ,तेह्रथुम , इलाम र ताप्लेजुङ जिल्लावाट समेत वौद्ध धर्म प्रति आस्था र विश्वाश राख्ने श्रद्धालुहरुले निरन्तर ६ महिना सम्म वाङ्, लुङ र ठी प्राप्त गरेका थिए ।यस ऐतिहासिक धार्मिक स्थलको महत्वलाइ मध्यनजर गर्नुहुदै ज्याल्सा गुम्वाको वर्तमान प्रमुख लामा निमा साङ्वो रिन्पोछे वाट तीन वर्ष अघि त्यस क्षेत्रमा क्रियाशिल एक सामाजिक संस्था धर्म डाँडा शेर्पा समाजको प्रथम अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिनुहुदै त्यस स्थलमा एक स्तुपा निर्माण गर्नुेपर्नै सुधmाव दिनुभएको थियो । त्यस महत्वपूर्ण सुझावलाइ मध्यनजर गर्दै तत्काल क्रियाशिल क्रियाशिल संस्थाले आकस्मिक वैठक वसी एक स्तुपा , एक गुम्वा र एक गेस्ट हाउस निर्माण गर्ने उदेश्यले समाजसेवी दाावा गेल्जेन शेर्पाको अध्यक्षतामा एक निर्माण कमिटी गठन गरि कार्य अघि वढाइएको थियो । ज्याल्सा गोन्पासँग सम्वन्धीत देश विदेशमा रहेका शेर्पा दाजु भाइहरुको सहयोगमा करिव तीस लाख रुपैयाको लागतमा आठ कोठाको सुविधा सम्पन्न गेष्ट हाउसको सगैं करिव ४५ फिट अग्लो स्तुपाको निर्माण हालै सम्पन्न भएको छ । सो स्तुपा र गेसट हाउस निर्माणका लागि करिव चार रोपनी जग्गा पासाङ नुरु शेर्पा (गोपरमा) ले दान गर्नुभएको थियो । नपुग जग्गा निर्माण कमिटी मार्फत खरिद गरिएको थियो । लामा ङिमा साङ्वो रिन्पोछेले क्याब्जे ठूल्सिक रिन्पोछेसँग पटक पटक दर्शन भेट गर्नु भइ स्तुपा गुम्वा निर्माण निर्माण सम्वन्धी महत्वपूर्ण सुझाव लिनुभए अनुसार वर्तमान समय र विश्वकै परिस्थितीलाइ मध्यनजर गर्दै च्याङछयूप छर्योतन नै निर्माण गर्नुेपर्नै सुझाव दिनुभयो । स्तुपा निर्माण पछि विलम्व नगरी प्राण प्रतिष्ठा गर्नुेपर्नै भएकोले हालै स्व ङवाङ स्यरेप रिन्पोछेज्यूको निर्माणकाय अवतारी टुल्कु जयनफेल वाङपो रिन्पोछेज्यू र निमा साङपो रिन्पोृछेद्धारा ‘रव्ने’ प्राणप्रतिष्ठा सम्पन्न भएको हो । रव्ने कार्यलाइ सफल वनाउन े काठमाडौ वाट समेत श्रद्धालुहरु आइपुगेका थिए । तीन दिनसम्म भएको यस धार्मिक कार्यक्रमको पहिलो दिन पूजा , दोश्रो दिन स्तुपामा प्राणप्रतिष्ठा र तेश्रो दिन सर्वसाधरणको दिर्घायुको लागि अभिशेक ‘क्षेवङ’ दिने कार्य भएको थियो । सो क्रममा ४०० जनाले अभिशेक लिनु भएको थियो । यस क्रममा रिन्पोछेलाइ १० भन्दा वढि मण्डल कुसुम चढाइएको थियो । वौद्ध धर्ममा भगवान वुद्धसँग सम्वन्धीत मूर्ती , स्तुपा माने र गोन्पाहरुको भित्र ‘सुङ’ हाले पछि धार्मिक विधी अनुसार रव्ने अर्थात प्राण प्रतिष्ठा गर्ने पर्दछ । रव्ने गरे पछि त्यहाँ साक्षत भगवान वुद्ध विराजमान भएको ठानी नियमित पूजा पाठ गर्नुेपर्नै हुन्छ ।

No comments:

Post a Comment